काठमाडौं – प्रमूख प्रतिपक्षीदल नेपाली कांग्रेसले आज बस्ने प्रतिनिधि सभाको बैठक अवरुद्ध पार्ने भएको छ।
कांग्रेस संसदीयदलको आज सिँहदरबारमा बसेको बैठकले प्रतिनिधिसभा संसदीय मूल्य मान्यता विपरित चल्न थालेको भन्दै अवरोध गर्ने निर्णय गरेको हो।
संसदसचिवालयले आज १ बजेका लागि प्रतिनिधसभाको बैठक बस्ने तय गरेको छ।
चिकित्सा शिक्षा विधेयक प्रतिनिधिसभामा विना छलफल र बल प्रयोग गरेर जवरजस्ती पारित गरिएको भन्दै कांग्रेसका प्रमूख सचेतक बालकृष्ण खाँडले आजको बैठक अवरुद्ध पारिने बताएका हुन्। ‘प्रतिनिधिसभामा अधिकतम शक्ति प्रयोग भयो, हामीले उठाएका विषयमा सरकार गम्भिर संबादमा आएन,’ खाँडले भने, ‘सदनमा संसदीय मूल्य पद्दतिको उल्लंघन गरिएको छ, त्यसैले हामीले सदन अवरुद्ध गर्दैछौ।’
बैठकले अनसनरत चिकित्सक डां गोविन्द केसीको जीवन रक्षामा सरकार गम्भिर नरहेको निश्कर्ष निकाल्दै जीवन रक्षामा गम्भिर बन्न सरोकारवाला सबैलाई आग्रह गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।