काठमाडाै - प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज संसदीय दलको बैठक आह्वान गरेकाे छ।
प्रतिनिधिसभाबाट राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित भई राष्ट्रियसभामा पेस भएको अवस्थामा कांग्रेसले अब के गर्ने भन्ने निश्चित गर्न बैठक बाेलाइएकाे हाे। सोमबार बसेको राष्ट्रियसभाको बैठकले विधेयकमाथि संसोधनका लागि ७२ घन्टाको समय दिइएको थियो।
संसदीय दलको बैठकमा संसोधन प्रस्ताव पेस गर्ने वा नगर्ने भन्ने विषयमा छलफल हुने राष्ट्रिय सभाका प्रमुख सचेतक सुरेन्द्रराज पाण्डेयले जानकारी गराए। संसदीय दलको बैठक पार्टीको सिंहदरबारस्थित संसदीय दलको कार्यलयमा मध्यान्ह बस्दै छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।