सिङ्गापुर- व्यापारीहरूले अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भको नयाँ नीतिगत निर्णय र अमेरिका–चीन वार्तालाई पर्खिरहेका समय बुधबार एसियाली सेयर बजारमा मिश्रित प्रभाव देखिएको छ।
जापानको सेयर बजारको लेखाजोखा राख्ने निक्के सुचकाङ्कमा २ सय २५ अङ्क अर्थात् ०.५ प्रतिशतको कमी आई २० हजार ५ सय ५६ दशमलब ५४ अङ्क कायम भएको छ भने दक्षिण कोरियाली कोस्पीमा ०.९ प्रतिशतको वृद्धि भई २२ हजार तीन दशमलब १७ कायम भएको छ।
हङकङको हाङसेङ सूचकाङ्कमा ०.१ प्रतिशत अङ्कले वृद्धि भई २७ हजार ५ सय ६४ दशमलब १९ अङ्क कायम भएको छ।
साङघाई कम्पोजिट सूचकाङ्कमा ०.२ प्रतिशतको ह्रास आउँदा २५ हजार ८९ दशमलब ७० अङ्कमा पुगेकाे छ। अस्ट्रेलियाको एस एन्ड पी एएसएक्स २०० ०.२ प्रतिशत अङ्कले वृद्धि भई पाँच हजार ८ सय ८६ दशमलब ७० अंकमा पुगेकाे छ।
ताइवानमा स्टक बजार स्थिर रहेको छ भने थाइल्याण्ड र इन्डिोनेसियामा वृद्धि देखिएको छ। रासस/एपी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।