जनकपुर– जनकपुरधामस्थित रामस्वरूप रामसागर बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी संघले गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ।
नेविसंघ इकाई कमिटीले आयोजना गरेको मशाल जुलुसमा प्रहरीले हस्तक्षेप गरेको हो। रेल्वे स्टेशनबाट जुलुस सुरु हुनै लाग्दा प्रहरीले हस्तक्षेप गरेको इकाई सभापति सुजित यादवले बताए।
जुलुस सुरु भए लगत्तै प्रहरीले हस्तक्षेप गर्न थालेपछि नेविसंघका नेता कार्यकर्ताहरुबिच झडपसमेत भएको थियो। नेविसंघको नेता तथा कार्यकर्ताहरुलाई तत्काल रिहाइको माग गर्दै कमिटीले विरोध प्रदर्शन गरेका हुन्।
चिकित्सा शिक्षा विद्येयक पारितको विरोधमा प्रर्दशनमा उत्रँदा पक्राउ परेका नेविसंघ नेता तथा कार्यकर्ताहरूलाई तत्काल रिहाइ गर्न माग गर्दै प्रदर्शन गरिएकाे हाे।
रेल्वे स्टेसनबाट निस्केको जुलुस भानुचोक, शिव चोक हुँदै नगरको विभिन्न भागको परिक्रमा गरी जनक चोक पुगेर कोण सभामा परिणत भएको थियो।
कोणसभालाई सम्बोधन गर्दै नेविसंघका नेता पुष्पेन्द्र गोईतले जनतालाई सुरक्षा दिन नसकेका केपी ओली नेतृत्वको सरकार असफल भएको बताए।
उनले निर्मला पन्त हत्यारालाई सरकार संरक्षण दिनमा लागेको आरोप लगाए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।