काठमाडौं- मुख्य घटनाक्रमसहितकाे नेपाल लाइभ समाचारका प्रमुख समाचार शीर्षकहरू :
१) भरतपुरमा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउने घोषणा, ३ अर्ब लागत, प्रधानमन्त्रीको उपस्थितिमा महानगरसँग सम्झौतामा हस्ताक्षर।
२) प्रहरी निगरानीमै अनसनकारी थापा, डा.केसीले अनशन नतोडेसम्म अनशन जारी राख्ने चेतावनी, ४ वर्ष जेल र १ लाख धरौटीमा छुटेको रेकर्ड।
३) त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १० घन्टा बन्द हुने, धावनमार्गको पीच परिवर्तन गरिने, रात्रिकालिन उडान र अवतरण व्यवस्थापनको तयारी।
४) युएईका कप्तान नवीदले डिपिएल खेल्ने, महेन्द्रनगर युनाइटेडमा अनुबन्ध, अर्का विदेशी खेलाडीको नाम पनि छिट्टै सार्वजनिक गर्ने।
५) र, अन्ना हजारेद्वारा आमरण अनसन सुरु, लोकपाल विधेयक कार्यान्वयन गर्न माग, भ्रष्टाचार नियन्त्रणमा मोदी सरकार असफल भएको आरोप।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।