काठमाडौं– लिबियामा बन्धक बनाइएको १२ नेपाली युवालाई तत्काल उद्दारका लागि नेपाली कांग्रेसले सरकारलाई आग्रह गरेको छ।
लिबियामा नेपाली युवाहरूलाई बन्धक बनाइएको विवरण सार्वजनिक भएपछि कांग्रेसले प्रेस विज्ञप्ति मार्फत गम्भीर ध्यानाकर्षण जनाएको हो।
'उनीहरूलाई उद्धार गरी सकुशल देश फर्काउन तत्कालै गम्भीर पहल गरियोस् तथा त्यस्तो स्थिति उत्पन्न गराउन संलग्न दोषीहरुलाई कारबाहीको प्रकृया सुरु गर्न नेपाल सरकारसँग हामी आग्रह गर्दछौं,' प्रवक्ता विश्वप्रकाश शर्माद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
नेपाली तथा पाकिस्तानी दलालले आप्रवासको आश्वासन दिँदै इटाली लगेका १२ जना नेपाली लिबियामा बन्धक बनाइएको विवरण हालै सार्वजनिक भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।