काठमाडौं– पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिलाई सफा गर्ने जिम्मेवारी राजनीतिज्ञकै भएको बताएका छन्।
बुधबार धुर्मुस सुन्तली फाउन्डेसनले भरतपुरमा निर्माण गर्न लागेको गौतम बुद्ध अन्तर्राष्ट्रिय रंगशालाको निर्माण घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले एक दशकभित्र नेपालको राजनीति सफा हुने बताए।
उनले भने– पोलिटिक्स इज अ डर्टी गेम भन्ने एउटा थर्ट छ भने पोलिटिक्स इज फेयर गेम भन्न अर्को थर्ट छ। तपाईं हेर्नुहोला अबको १० वर्षभित्र नेपालको राजनीतिले सिंगो देशलाई एउटा अभियानतिर लिएर जानेछ।’
धुर्मुस सुन्तली फाउण्डेशनले जनताको मायालाई राष्ट्र निर्माणको काममा रुपान्तरण गरेर काम गरेको धारणा राख्दै उनले भने– 'कलाकारिताको माध्यमबाट समाज रुपान्तरणको काम गर्नु भएको छ, धुर्मुस र सुन्तलीले।’
स्वास्थ्यको लागि खेल, राष्ट्रको पहिचानको लागि खेल, समृद्धिको लागि खेल, अर्थतन्त्र र सँस्कृतिको लागि खेल बन्नुपर्ने उनको धारणा थियो।
‘राष्ट्रलाई एकतावद्ध गर्नको लागि खेल महत्त्वपूर्ण माध्यम बन्न सक्छ,’ उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।