काठमाडौं– दोलखाको बिगु गाउँपालिका–७ बस्ने २१ वर्षीय दावा शेर्पा धारिलो हतियार खुकुरी प्रहारबाट मंगलबार घाइते भएका छन्।
बिगु गाउँपालिका–६ आलम्पु दार्खामा पबित्रा थामीको घरमा छोरीको विवाहमा गएका शेर्पालाई सोही गाउँपालिका–६ बस्ने ३९ वर्षीय महेन्द्र विकसमेत ९ जनाको समूहले खुकुरी प्रहार गरी कुटपिट गरेका थिए।
कुटपिटबाट घाइते भएका शेर्पालाई उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र बिगु हुँदै सामुदायिक अस्पताल सिगटिमा पठाइएको थियो।
सामान्य उपचार पश्चात थप उपचारको लागि काठमाडौं लगिएको छ। कुटपिटमा संलग्न ९ जना मध्ये ७ जनालाई नियन्त्रणमा लिई फरार २ जनाको प्रहरीले खोजी गर्नुका साथै आवश्यक अनुसन्धान गरिरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।