दुबई– कतार एएफसी एसियन कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।
कतारले पहिलो पटक प्रतियोगिताको फाइनलमा पुग्दै इतिहास बनाउने क्रममा सेमिफाइनलमा आयोजक युएईलाई ४–० गोलले हराएको हो। अब कतारले उपाधिका लागि आगामी शुक्रबार जापानसँग भिड्नेछ। जापानले इरानलाई हराएर फाइनलमा स्थान पक्का गरेको थियो।
कतारले आयोजक युएईविरुद्ध दुवै हाफमा २–२ गोल गरेको थियो। खेलको २२ मिनेटमा बाउलेम खोवउखीले कतारलाई अग्रता दिलाए। ३७ मिनेटमा अलमेज अलीले अग्रता दोब्बर पारेका थिए।
८० मिनेटमा हसन अल हायडोसले कतारका लागि तेस्रो गोल गरे। दोस्रो हाफको इन्जुरी टाइमको तेस्रो मिनेटमा हमिद इस्माइलीले कतारका लागि चौथो गोल गरे।
भिडियो -
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।