म्यानचेस्टर– इंग्लिस प्रिमियर लिगको उपाधि रक्षा अभियानमा रहेको म्यानचेस्टर सिटीलाई धक्का लागेको छ। मंगलबार राति भएको खेलमा न्युकासल युनाइटेडसँग २–१ ले पराजित भएपछि सिटीलाई धक्का लागेको हो।
खेलको पहिलो मिनेटमा सिटीले अग्रता लिए पनि न्युकासलले २ गोल फर्काएको थियो। सिटीका लागि पहिलो मिनेटमा सर्जियो अग्युरोले गोल गरेर अग्रता दिलाएका थिए। पहिलो हाफमा पछि परेको न्युकासलका लागि रोडसनले ६६ मिनेटमा बराबरी गोल फर्काए। ८० मिनेटमा न्युकासलले अग्रता दोब्बर पार्यो। उसका लागि रिचीले पेनाल्टीमा गोल परेका थिए।
लिगको अन्य खेलमा आर्सनलले कार्डिफ सिटीमाथि २–१ गोलले हराउँदा म्यानचेस्टर युनाइटेड र बर्नलीले २–२ गोलको बराबरी खेलेका थिए।
लिगको शीर्ष स्थानमा रहेको लिभरपुलले २३ खेलबाट ६० अंक जोडेको छ। दोस्रो स्थानको सिटीले १ खेल बढी खेल्दै ५६ अंक बटुलेको छ। तेस्रो स्थानको टोटनह्यामको ५१ र चौथो स्थानको चेल्सीको ४७ अंक छ। दुवैले सिटी भन्दा १–१ खेल कम खेलेका छन्। आर्सनल ४७ अंक जोडेर पाँचौ र म्यानचेस्टर युनाइटेड ४५ अंक जोडेर छैटौं स्थानमा छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।