काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय एकदिवसीय शृङ्खला जितेकोमा नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बधाई दिएका छन्।
आज सामाजिक सञ्जाल ट्विटरमार्फत शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले नेपाली टोलीले प्राप्त गरेको सफलताले खेल जगतमा नेपाल उदीयमान शक्तिका रूपमा देखिएको उल्लेख गरेका छन्। प्रधानमनत्री ओलीले खेलकुद क्षेत्रको विकासका लागि सरकारले थप ध्यान दिनेमा प्रतिबद्धता समेत व्यक्त गरेका छन्।
बधाई सन्देशमा प्रधानमन्त्रीले भनेका छन्- 'एकदिवसीय क्रिकेट शृङ्खला जित्दै नेपाललाई गौरवशाली सफलता दिलाएकोमा नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बधाई। अन्तर्राष्ट्रिय क्रिकेटमा प्राप्त यस सफलताले विश्व खेल जगतमा नेपाल उदीयमान शक्तिको रूपमा देखिएको छ, खेलकुद क्षेत्रको विकासका लागि सरकारले थप ध्यान दिने विश्वास दिलाउँछु।'
नेपालले सोमबार यूएईविरुद्धकाे तीन खेलको शृङ्खला २–१ ले जित्दै ऐतिहासिक सफलता प्राप्त गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।