काठमाडौं– युएईविरुद्धको निर्णायक तथा अन्तिम एकदिवसीय खेलमा नेपालले टस जितेर पहिले बलिङ गरिरहेको छ।
दुबईको आइसिसी एकेडेमीमा जारी खेलमा विजयी भए नेपालले पहिलो सिरिज जितसहित इतिहास बनाउनेछ। अघिल्लो वर्ष एकदिवसीय मान्यता पाएको नेपाल यसअघि नेदरल्यान्ड्सविरुद्धको पहिलो एकदिवसीय सिरिजमा १–१ को बराबरी खेलेको थियो।
यसअघि पहिलो खेलमा युएई ७ विकेटले विजयी हुँदा दोस्रो खेलमा नेपालले १ सय ४५ रनको जित निकालेको थियो। खेलपछि नेपाल एकदिवसीय वरीयतामा पनि आउनेछ।
खेलमा ब्याट्सम्यान सन्दीप जोराले डेब्यू गरेका छन्। अघिल्ला खेलमा मौका नपाएका उनले अलराउन्डर पवन सराफको स्थानमा खेल्न लागेका हुन्। अन्य खेलाडी भने परिवर्तन गरिएको छैन।
नेपाली टिम– ज्ञानेन्द्र मल्ल, विनोद भण्डारी, पारस खड्का, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, आरिफ शेख, रोहितकुमार पौडेल, करण केसी, सोमपाल कामी, सन्दीप लामिछाने, ललितनारायण राजवंशी
हेर्नुस् लाइभ :
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।