टुरिन– 'इटालियन सिरि ए' अन्तर्गत लिग लिडर युभेन्ट्सले ११ अंकको अग्रता लिएको छ। युभेन्ट्सले आइतबार राति भएको खेलमा लाजियोमाथि २–१ को जित निकाल्दै अग्रता बढाउदै लागेको हो।
युभेन्ट्सलाई जितमा क्रिस्टियानो रोनाल्डोले खेल सकिन २ मिनेट बाँकी छदा पेनाल्टीमा निर्णायक गोल गरेका थिए। रोनाल्डोले जारी सिजनमा १७औं गोल गरेका हुन्।
त्यसअघि युभेन्ट्सका इमरे क्यानले ५९ मिनेटमा आफ्नै पोस्टमा गोल गरेपनि लाजियोले अग्रता लिएको थियो। तर ७४ मिनेमा काभाको कान्सेलोले बराबरी गोल फर्काउदा युभेन्ट्सलाई राहत मिलेको थियो।
लगातार आठौं सिजन उपाधि जित्ने अभियानमा रहेको शीर्ष स्थानको युभेन्ट्सले २१ खेलबाट ५९ अंक जोडेको छ। दोसरो स्थानको नापोलीको ४८ अंक छ भने ४० अंक जोडेको इन्टर मिलान तेस्रो स्थानमा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।