बार्सिलोना– स्पेनिस ला लिगाको शीर्ष टिम बार्सिलोनाले १० खेलाडीमा सीमित गिरोनामाथि २–० को जित निकालेको छ।
बार्सिलोनाका लागि खेलको नवौं मिनेटमा नेल्सन सेमेडोले पहिले गोल गरेर अग्रता दिलाएका थिए। खेलको ५१ मिनेटमा गिरोनाका बेर्नान्डोले रातो कार्ड पाउदै मैदान छाड्न बाध्य भए।
६८ मिनेटमा लिओनल मेसीले बार्सिलोनाको अग्रता दोब्बर पारे। जारी सिजनमा मेसीको यो २६औं गोल हो।
यता १० खेलाडीमा सीमित रियल म्याड्रिडले स्प्यान्योनललाई ४–२ गोलले पराजित गरेको छ। म्याड्रिडका लागि करिम बेन्जिमाले खेलको चौथो र पहिलो हाफको इन्जुरी टाइममा गरी २ गोल गरे। सर्जियो रामोमसले १५ मिनेटमा गोल गर्दा गारेथ बेलले ६७ मिनेटमा चौथो गोल गरेका थिए।
रियलका राफाइल भारेन ७२ मिनेटमा सिधा रातो कार्ड पाउँदै मैदान छाड्न बाध्य भएका थिए।
लिगमा शीर्ष स्थानको बार्सिलोनाले २१ खेलबाट ४९ अंक जोडेको छ। दोस्रो स्थानको एट्लेटिको म्याड्रिडको ४४ र तेस्रो स्थानको रियलको ३९ अंक छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।