लन्डन– एफए कप फुटबल प्रतियोगिताबाट टोटनह्याम बाहिरिएको छ। टोटनह्यामलाई आइतबार भएको चौथो चरणको खेलमा क्रिस्टल प्यालेसले २–० गोलले पराजित गरेको हो।
प्यालेसका लागि विकह्यामले नवौं र टाउनसेन्डले ३४ मिनेटमा पेनाल्टीमा गोल गरेका थिए।
लिगको अर्को खेलमा चेल्सीले सिफिल्डलाई ३–० गोलले पराजित गरेको छ। उसका लागि विलियनले २६ र ८३ र हुडसन ओडोइले ६४ मिनेटमा गोल गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।