काठमाडौं– प्रहरीले लागुऔषधसहित २ जनालाई पक्राउ गरेको छ।
नागढुङ्गा चेकपोस्टबाट १ जना र काठमाडौं महानगरपालिका–९ स्वर्णगेटबाट १ जना गरी दुई जनालाई लागुऔषधसहित पक्राउ गरेको हो।
नागढुंङ्गाबाट नाइट्राभेट १ हजार ४ सय ८५ एम्पुलसहित सर्लाही रामदाम गाउँपालिका–७ का विकासकुमार गुप्तालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको हो।
महानगरीय प्रहरी प्रभाग नागढुङगाबाट खटिएको प्रहरी टोलीले उनलाई उक्त परिमाणको लागूऔषधसहित फेला पारि पक्राउ गरेको हो।
यसैगरी काठमाडौं महानगरपालिका–९ स्वर्णगेटअगाडि सडक किनाराबाट मोरङ सुन्दर हरैया नगरपालिका–११ का ३८ वर्षीय लोकविक्रम साहलाई लागुऔषधसहित प्रहरीले पक्राउ गरेको छ।
प्रहरीले उनको साथबाट खैरो हेरोइन ५ ग्राम र बुप्रेनोर्फिन नुफिन ४९ एम्पुल, डाइजेपाम डाइजल्याब ४९ एम्पुल, फेनारगन ४९ एम्पुल र नाइट्राभेट ६ सय ट्याब्लेट बरामद गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।