गलकोट– बागलुङ नगरपालिका–२ हल्लनचोकमा एक जिपले ठक्कर दिँदा सख्त घाइते भएकी एक महिलालाई थप उपचारका लागि हेलिकप्टरद्वारा काठमाडाैं लगिएको छ।
आइतबार बिहान तीव्र गतिमा पोखरातर्फ जाँदै गरेको ग १ ज ५२९९ नं को जिपले स्थानीयबासी २६ वर्षीया ज्योति सापकोटालाई ठक्कर दिँदा उनी सख्त घाइते भएकी थिइन्।
घाइते सापकोटालाई धौलागिरि अञ्चलअस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि डाइनेष्टिक एयरको हेलिकप्टरमार्फत काठमाडौंस्थित शिक्षण अस्पताल लगिएको घाइतेका आफन्तले बताएका छन्।
जिल्ला प्रहरी कार्यालयका अनुसार जिप चालक अर्जुन बस्नेत र जिपलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।