काठमाडौं– द्वन्द्वका क्रममा ज्यान गुमाएका सुरक्षाकर्मीका आफन्तले विभिन्न माग राखि आन्दोलनमा उत्रिएका छन्।
शान्तिपूर्ण आन्दोलनका लागि द्धन्दका क्रममा ज्यान गुमाएका परिवारका सदस्यहरूले माइतीघरमा धर्ना जारी राखेका छन्। माइतीघरमा द्धन्दमा ज्यान गुमाएका परिवारका सदस्यले १९ दिनदेखि धर्ना दिइरहेका छन्।
१९ दिनको धर्नाका क्रममा सरकारले उनीहरूका मागका पक्षमा कुनै सुनुवाइ नगरिएको द्धन्दमा ज्यान गुमाएका परिवारकी उपाध्यक्ष रीता कार्कीले जानकारी गराइन्।

सरकारसँग सहिद परिवारलाई निर्वाह भत्ता मासिक ७ हजार रुपैयाँ प्रदान गर्नुपर्ने, मासिक घरभाडा,यातायात,लगायतका खर्चका लागि निर्वाह भत्ता ७ हजार रुपैयाँ दिनुपर्ने माग राखेका छन्।
त्यस्तै, सहिद घोषणा गरिएकालाई सहिदसरह १० लाख रुपैयाँ उपलब्ध गराउनुपर्ने, सन्ततिलाई निशुल्क शिक्षा, सहिद परिवारलाई विभुषण,नि:शुल्क उपचार खर्च,आयकर छुट ,जग्गा खरिद बिक्रीमा शत प्रतिशत छुट लगायतका माग राखेर धर्ना दिइरहेका छन्।
कालो ब्यानरसहित विरोध गरिरहेका द्वन्द्व पिडितहरूले न्याय नपाएको भन्दै दिउँसै लालटिन बालेर उज्यालो खोजिरहेका छन्। द्वन्द्व पिडित मृत्यु भएका सुरक्षाकर्मीका परिवारबाट संस्थामा २ हजार ८ सय ५६ आवद्ध छन्।
घाइते,अपाङ्गबाठ ७ हजार आवद्द रहेको कार्कीले जानकारी गराइन्। धर्नाका अधिकांश मारिएका सुरक्षाकर्मीका श्रीमती रहेका छन्।
धर्नाका लागि काठमाडौंमा उपलब्ध परिवारका सदस्य मात्रै सहभागी भएका छन्। उपत्यका बाहिरबाट धर्नाका लागि थोरै संख्यामा सहभागी भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।