काठमाडौं– भारतमा प्रशिक्षण गर्न जान लागेका दुई क्रिकेटरलाई नेपाली क्रिकेट समर्थकहरुको संस्था एनसिएसएस चितवन शाखाले सहयोग गरेको छ।
भारतको पटियला स्थति एनआइएसमा प्रशिक्षण गर्न जान लागेका खेलाडीद्वय आकाश थापा र यज्ञमान कुमाललाई सहयोग स्वरुप एनसिएसएस चितवनले रु १५ हजार सहयोग गरेको हो।
शनिबार भरतपुर चितवनस्थित विरेन्द्र बहुमुखी क्याम्पसको हलमा भएको कार्यक्रममा आकाशको प्रत्यक्ष उपस्थितिमा सहयोग हस्तान्तरण गरिएको थियो।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।