काठमाडौं– माघ २६ देखि फागुन ११ सम्म आयोजना हुने धनगढी प्रिमियर लिगको टिम रुपन्देही च्यालेन्जर्सले २ जना विदेशी खेलाडीलाई टिममा अनुबन्धन गरेको छ।
हङकङ राष्ट्रिय टिमको कप्तानी गरिसकेका बाबर हायात तथा पाकिस्तानको प्रथम श्रेणी क्रिकेटर राजा अलि डर लाई टिमले अनुबन्ध गरेको हो।
रुपन्देही च्यालेन्जर्सको यो सिजन रणनीतिक खेलाडी बसन्त रेग्मी रहेका छन्। यस्तै टिममा विनोद भण्डारी, ललित भण्डारी, भीम शार्की, प्रदीप ऐरी, सन्दिप सुनार, विक्रम सोब, कृष्ण कार्की, सुमित महर्जन, अनिल खरेल, पुरन विक, सुरज दराई र शेर मल्ल रहेका छन्।
बाबर दायाँ हाते ब्याट्सम्यान हुन् भने राजा बायाँ हाते ब्याट्सम्यान र स्पिनर हुन्।
बाबरले हङकङको लागि २२ एकदिवसीय अन्तर्राष्ट्रिय र २४ टि-२० अन्तर्राष्ट्रिय खेल खेलीसकेका छन्। यस्तै राजाले लाहोरको लागि पाकिस्तानी घरेलु क्रिकेटमा ६९ प्रथम श्रेणी तथा ६२ लिस्ट ए क्रिकेट खेलीसकेका छन्। राजा गत सिजन बंगलादेश प्रिमियर लिगमा राजशाही किंग्स टिममा थिए।
रुपन्देही टिम मालिक सुरज उप्रेती - "अक्सनबाट पनि हामीले राम्रो खेलाडीहरु टिममा भित्र्याएका छौं। टिममा अझ सन्तुलन ल्याउन बाबर र राजालाई अनुबन्ध गरेका हौं। यो पटक उपाधि जित्ने लक्ष्यका साथ टिम बनाएका छौ।"
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।