काठमाडौं– शिक्षामन्त्री गिरिराजमणी पोखरलले अनसनरत डा. गोविन्द केसीलाई अनसन अन्त्य गर्न सुझाव दिएका छन। प्रतिनिधिसभाको आजको बैठकले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित गरेपछि पोखरेलले यस्तो सुझाव दिएका हुन्।
केसीको स्वास्थ्यप्रति आफू पनि चिन्तित रहेको भन्दै पोखरलेले संसदको गरिमालाई सम्मान गर्दै अनसन फिर्ता लिनु पर्ने प्रतिक्रिया दिएका हुन्।
‘यो विधेयक सहि ढंगले अघि बढेको छ,’ शिक्षामन्त्री पोखरेलले भने, ‘केसीका स्वास्थसँग सम्बन्धित माग ठिक होलान तर अन्य उहाँका राजनीतिक माग पनि छन्। त्यो यसै पुरा हुदैनन।’ आगामी वैशाखमा नयाँ शैक्षिक सत्र सुरु हुने र यसका लागि डा गोविन्द केसीको मागअनुरुप साझा प्रवेश परीक्षा बनाउने तय भएको उनले बताए।
‘अहिलेको संसदीय प्रक्रियालाई सहज रुपमा लिएर डा केसीले अनसन फिर्ता लिनु पर्छ,’ उनले भने, ‘अब राष्ट्रिय सभामा जानु छ। संसदीय प्रक्रियालाई बहाँले सम्मान गर्नैु पर्दछ ।’ विगतको भन्दा फरक कुरा अव लागू नहुने भएको हैन ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।