काठमाडौं– न्याय परिषदले विभिन्न पाँच जिल्ला अदालतमा रिक्त रहेका न्यायाधीशहरूका लागि विज्ञापन गरेको छ।
परिषदले ३ आन्तरिक प्रतिस्पर्धाबाट खुला नियुक्त गर्ने एक महिला र एकमा खुला प्रतिस्पर्धाबाट छान्ने गरी विज्ञापन गरेको हो।
परिषदले यसरी खुला प्रतिस्पर्धाबाट जिल्ला न्यायाधीश नियुक्ति गर्न लागेको दोस्रो पटक हो।
यसअघि पनि परिक्षाबाट छानेर जिल्ला न्यायाधीश नियुक्ति गरिएको थियो। यसरी छानबिनका लागि चार खण्डको परिक्षामा पास हुनुपर्ने छ।
परिषदले चैत १० गतेदेखि प्रतिस्पर्धामा सहभागी हुने न्यायाधीशको परिक्षा अवधि तोकेको छ।
परिक्षामा सहभागी हुन चाहने खुल्ला र आन्तरिक खुल्लाका प्रतिस्पर्धीले दुई हजार र प्रत्येक समावेशी समूहका लागि थप ५ सय लाग्ने परिषदको सूचनामा उल्लेख छ।
परिक्षा काठमाडौंमा मात्र हुने र लोकसेवाको संलग्नतामा हुने सूचनामा उल्लेख छ।
यस्तो छ सूचना :
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।