काठमाडौं- अनसनरत डा गोविन्द केसीका समर्थकहरुले आज काठमाडौंमा सामूहिक गिरफ्तारी दिने भएका छन्।
डा केसीसँग गरिएको सहमति अनुसार मात्रै चिकित्सा शिक्षा विधेयक पास गर्नुपर्नेमा जोड दिँदै आएका समर्थकहरुले आज दिउँसो १२ बजेपछि सामूहिक गिरफ्तारी दिने तयारी गरेका हुन्। संसद भवन बानेश्वर (पानीट्यांकी थापागाउँ जाने बाटो) र थ्री ब्रदर्श पम्पमा उक्त कार्यक्रम हुन लागेको हो।
डा केसीसँग गरिएको सम्झौताविपरीत चिकित्सा शिक्षा विधेयक संसदबाट आजै पारित गर्ने तयारीमा सरकार छ। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले भने पेलेर जान खोजिए मुठभेडको अवस्था आउन सक्ने चेतावनी दिइसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।