काठमाडौं। गोरखामा हिमपहिरोपछि बूढीगण्डकी नदीमा आएको बाढीले दुईवटा पक्की मोटरेबल पुल बगाउँदा सडक यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ।
आइतबार बिहान ५:३० बजे गोरखाको चुमनुब्री गाउँपालिका–६ स्थित लोक्पा र चुम्लिङबीचको सिरिङ्गे हिमालमा हिमपहिरो गएको थियो। हिमपहिरोका कारण स्थानीय उइनगुलुङ खोला थुनिएपछि बूढीगण्डकी नदीमा बाढी आएको थियो।
बाढीले आरुघाट गाउँपालिका–२ र ३ जोड्ने सोतीस्थित फलामे मोटरेबल पक्की पुल बगाएको प्रहरीले जनाएको छ। त्यस्तै, आरुघाट गाउँपालिका–९ स्थित आरुघाटबाट धादिङ जोड्ने पक्की पुलसमेत बगाएको छ।
दुवै पुल बगाएपछि सम्बन्धित सडक खण्डमा यातायात पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।