• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज २६, २०८३ Mon, Oct 12, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

सडक बहसको विषय बन्दा नेपालको कूटनीति कमजोर

64x64
नेपाल लाइभ बिहीबार, माघ १०, २०७५  १९:३६
1140x725

काठमाडौं– परिर्वतित सन्दर्भमा नेपालाई दुई छिमेकी देश चीन र भारतलाई सन्तुलनमा राख्न गाह्रो भएको पूर्व परराष्ट्र्र्रमन्त्री तथा कूटनीतिक मामिलाका जानकारहरूले बताएका छन्।

परिर्वतित सन्दर्भमा विश्व नयाँ अन्तर्राष्ट्र्रिय मान्यताका आधारमा अघि बढे पनि भारतको परराष्ट्र्र्र नीति पहिलेकै नीतिअनुरुप सञ्चालन हुने गरेको बताउँदै यस्तो स्थितिमा नेपालाई दुई छिमेकी देशबीच सन्तुलन कायम गर्दै विश्व शक्ति राष्ट्र्रसँगको सम्बन्ध सञ्चालनमा अप्ठेरो भएको उनीहरुको बुझाइ छ।

'वर्तमान अवस्थामा नेपालको परराष्ट्र्र नीति' विषयक कार्यक्रममा बोल्दै पूर्व परराष्ट्र्रमन्त्री डा प्रकाशचन्द्र लोहनीले भारतले अझै पनि दोस्रो विश्व युद्धपछि बेलायतले अख्तियार गरेको अम्रेला डक्ट्रिन अन्तर्गत नै आफ्नो परराष्ट्र्रनीति सञ्चालन गरेकाले समस्या देखिएको बताए।

'विश्व हाल रिब्यालेन्सिङ्ग डक्ट्रिन अन्तर्गत अघि बढेको छ, तर भारत बेलायतले अंगिकार गरेको अम्रेला डक्ट्रिनअनुसार अघि बढेकाले समस्या आएको हो,' लोहनीले भने।

नेपालका दुई छिमेकी देशको तुलनामा पश्चिमा देशको स्वार्थ नेपालमा कम रहेको बताउँदै एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी राष्ट्रवादीका अध्यक्षसमेत रहेका लोहनीले भने, 'पश्चिमा देशको नेपालमा स्वार्थ कम रहे पनि नेपालको निजत्व समाप्त गर्न धर्म परिर्वतनको खेलमा पश्चिमा राष्ट्र संलग्न भएका छन्।'

लोहनीले गत महिना भएको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको अमेरिका भ्रमण र त्यसलाई अमेरिकाले दिएको महत्वको विषयमा नेपाल चनाखो हुनुपर्ने कुरामा पनि जोड दिएका छन्।

यस्तै कार्यक्रममा बोल्दै पूर्व परराष्ट्रमन्त्री तथा नेपाली कांग्रेसका सह–महामन्त्री डा प्रकाश शरण महतले परराष्ट्र नीतिलाई नेपालले सडकको विषय बनाउँदा समस्या आएको बताएका छन्।

'परराष्ट्र नीतिलाई हामीले सत्तामा पुग्ने साधनको रुपमा विकास गर्यौँ जुन गल्ती हो,' महतले भने, 'सडकमा हुँदा कुनै अमुख देशसँगको सम्बन्धको विषयलाई बहसको विषय बनाउने र सत्तामा पुगेपछि सडकका बहसका विषयलाई कूटनीतिक माध्यमबाट समाधान गर्ने बाटो नखोज्नुनै नेपालको परराष्ट्र नीति सञ्चालनमा कमजोरी हुनेको प्रमुख कारण हो।' 

Ncell 2
Ncell 2
nimb
nimb

कार्यक्रममा बोल्दै महतले थपे, 'दुई देशबीचको वार्तामा जाँदा नेपालले गर्नुपर्ने न्यूनतम तयारी पनि नगर्दा समस्या आउने गरेको छ।'

नेपालले कुन देशसँग के सम्झौता गर्दछ भन्ने कुरालाई ध्यान दिनुभन्दा पनि त्यो सम्झौता नेपालको स्वार्थ अनुकुल छ/छैन त्यसमा ध्यान दिन आम जनमानसलाई आग्रहसमेत गरे। नेपालको परराष्ट्र नीति र कूटनीति सञ्चालनमा कमजोर हुने गरेको अर्का पूर्व परराष्ट्रमन्त्री महेन्द्र बहादुर पाण्डेले पनि स्वीकार गरेका छन्।

नेपाल कम्युनिष्ट पार्टीका स्थायी समितिका सदस्यसमेत रहेका पाण्डेले एक १९औँ सार्क शिखर सम्मेलन पाकिस्तानमा आयोजना गर्ने विषयमा भारतले अस्वीकार गरेका प्रसंग सुनाउँदै भने, 'भारत र पाकिस्तानको आन्तरिक समस्याका कारण सार्कको इस्लामाबादमा आयोजना हुने शिखर सम्मेलनमा भारत सहभागी नहुने जनाएपछि सार्कको अध्यक्ष राष्ट्रको हैसियतमा नेपालले तीन प्रेस विज्ञप्ति निकालेको छ। भारतले सम्मेलनमा सहभागी नहुने जानकारी दिएपछि एउटै विषयमा तीन पटक प्रेस विज्ञप्ति निकाल्नुको अर्थ के?' पाण्डेले प्रश्न गरे।

परराष्ट्रनीतिलाई देशको आन्तरिक नीतिकै परिपूरक भएको बताउँदै पाण्डेले  भने, 'प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसंघको ७३औँ महासभामा सहभागी हुँदा सत्तारुढ पार्टीका वरिष्ठ नेता माधव कुमार नेपालले प्रतिनिधिसभामा देश डुब्न लागेको भन्दै दिएको अभिव्यक्ति र हाल प्रधानमन्त्री ओली विश्व आर्थिक मञ्च डाभोसको ४९औँ वार्षिक बैठकमा सहभागी हुन स्विट्जरल्यान्डको डाभोसमा रहेका बेला प्रतिपक्ष दल कांग्रेसले प्रतिनिधिसभा अवरोध गरेर अन्तर्राष्ट्रिय समूदायलाई के सन्देश दिन खोजेको?' 

Xtrem

Xtrem

आजको विश्व राजनीतिको केन्द्रबिन्दुमा नेपाल परेको बतउँदै पूर्व राजदूत डा.शम्भुराम सिंखडाले आन्तरिक राजनीतिमा देखा पर्ने खिचातानीलाई पछि सार्दै परराष्ट्र्रनीतिमा ध्यान दिनुपर्नेमा जोड दिए।

लामो समयदेखि नेपालमा देखा परेको राजनीतिक तरलतालाई शीघ्र समाधान गर्ने नसके त्यसले नेपालको परराष्ट्र्रनीति र कूटनीतिलाई असर गर्ने सिंखडाको कथन छ।

द्वन्द्वकालले निम्त्याएको तीन महत्वपूर्ण मुद्धामा सेना र हतियार व्यवस्थापन र नयाँ संविधान घोषणा भए पनि सत्य निरुपण तथा मेलमिलाप आयोगको काम अझै नसकिएकाले अन्तर्राष्ट्र्रिय समुदायले यस विषयमा चासो व्यक्त गर्ने गरेको बताए। 

सिंमखडाले भने, 'द्वन्द्वकालीन मुद्धालाई छिटोभन्दा छिटो समाधान गर्नुपर्नेमा जोड दिएका छन्। कार्यक्रममा बोल्ने अन्य व्यक्ताहरूले नेपालले सांस्कृतिक कूटनीति देखि लिएर मित्रराष्ट्रसँग जनस्तरको सम्बन्धलाई विशेष जोड दिनुपर्ने धारणा राखेका थिए।

प्रकाशित मिति: बिहीबार, माघ १०, २०७५  १९:३६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य
कांग्रेस महामन्त्रीमा पौडेल, संग्रौला र राणा निर्वाचित
कांग्रेस उपसभापतिमा भण्डारी, आचार्य र चौधरी निर्वाचित
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा पौडेल, संग्रौला र राणा निर्वाचित सोमबार, असोज २६, २०८३
कांग्रेस उपसभापतिमा भण्डारी, आचार्य र चौधरी निर्वाचित सोमबार, असोज २६, २०८३
संसदीय सुनुवाइ समितिद्वारा भारत, चीन, अमेरिका र बेलायतका लागि प्रस्तावित राजदूतहरूको आज सुनुवाइ गरिँदै सोमबार, असोज २६, २०८३
कार्टुन सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
कांग्रेस महाधिवेशन : ६ हजार मतगणना हुँदा उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप पौडेलको अग्रता आइतबार, असोज २५, २०८३
बुढीगण्डकी बाढी : यी हुन् भेडीगोठबाट सम्पर्कविहीन भएका ५ जना आइतबार, असोज २५, २०८३
कांग्रेस उपसभापतिमा भण्डारी र महामन्त्रीमा पाैडेलको अग्रता कायमै [अपडेट] आइतबार, असोज २५, २०८३
कांग्रेस सहमहामन्त्री र केन्द्रीय सदस्यको मतगणना सुरु आइतबार, असोज २५, २०८३
विद्यालयको प्रधानाध्यापकमाथि कुटपिट गर्ने २ जना नियन्त्रणमा आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्