काठमाडौं– त्रिभुवन आर्मी क्लब १०औं सिमरा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ। बुधबार भएको सेमिफाइनलमा आयोजक नव जनजागृती युवा क्लबमाथि १–० को जित निकाल्दै आर्मी उपाधि नजिक पुगेको हो।
आर्मीको जितमा कप्तान भरत खवासले निर्णायक गोल गरे। उनले खेलको ५० मिनेटमा गोल गरेका थिए।
बिहीबार दोस्रो सेमिफाइनलमा थ्री स्टार क्लब र हिमालयन शेर्पाबीच प्रतिस्पर्धा हुँदैछ। खेलको विजेतासँग आर्मीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ। प्रतियोगिताको विजेताले नगद ६ लाख रुपैयाँ पाउनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।