एजेन्सी– बुधबार न्युजिल्यान्ड विरुद्धको पहिलो एकदिवसीय खेलमा भारतले १ सय ५८ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ सुरु गरेको थियो। भारतले १० ओभरमा १ विकेटको क्षतिमा ४३ रन जोडेर खेलिरहेको थियो। क्रिजमा कप्तान विराट कोहली २ रन र शिखर धवन २९ रन बनाएर खेलिरहेका थिए।
११औं ओभरमा पहिलो बल फ्याँक्न न्युजिल्यान्डका फर्ग्युसन आए। पहिलो बल वाइड भएको थियो। तर त्यसपछि खेल रोकियो।
क्रिकेटमा वर्षा र मधुरो प्रकास बाधक बन्ने गरेका घटना नौला होइनन्। जसले गर्दा पटक–पटक खेल रोकिने गरेको छ। तर यसपटक वर्षा र मधुरो प्रकास बधाक नबनि घाम बाधक बन्यो। न्युजिल्यान्डको नापिइर मैदानको क्रिजमा ब्याट्सम्यानको आँखामा सिधा असर गर्ने गरी सूर्यको प्रकास परेपछि खेल रोकिएको थियो।
यसअघि यो भेन्यूमा न्युजिल्यान्डको घरेलु टी–२० लिगमा पनि घामले असर गर्दा खेल रोकिएको थियो। घाम कारण बुधबारको खेल आधा घन्टा रोकिएको थियो भने खेल एक ओभर घटाइएको थियो। दुई वर्षअघि बंगलादेश र न्युजिल्यान्डबीचको टी–२० खेल पनि घामकै कारण स्थगित भएको थियो। त्यसैले यो भेन्यूमा खेल हुँदा आयोजकले आकासमा बादल आओस भनेर अपेक्षा गर्ने गरेको क्रिकइन्फोले विश्लेषण गरेको छ।
'यस्तो अवस्थामा हामीले केहि गर्न सक्दनौ। यहाँ यस्तो भएको पहिलो पटक होइन,' २ वर्षअघि सेन्ट्रल डिस्ट्रिकका कार्यकारी प्रमुख पेट डे वेटले बताएका थिए। यता दक्षिण अफ्रिकाका अम्पायर साउन जर्जले बुधबार घामका कारण खेल स्थगित गर्नु परेको आफ्ना लागि पहिलो घटना भएको बताए। १४ वर्ष अम्पायरको रुपमा काम गरिसकेका उनले सूर्यको ज्योती ब्याट्सम्यानको आँखामा सिधा परेकाले खेल स्थगित गर्नु परेको बताए।
आधा घण्टापछि सुरु भएको खेलमा भारतले ८ विकेटको जित निकाल्दै ५ खेलको सिरिजमा अग्रता लिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।