काठमाडौं- भोलि बिहीबार बस्ने केन्द्रीय कार्यसमितिको बैठकको एजेन्डा तय गर्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवासमा बैठक बसिरहेको छ।
देउवा निवास बूढानीलकण्ठमा जारी बैठकमा वर्तमान र पूर्व पदाधिकारीको सहभागी भएका छन्।
भोलिको बैठकले महासमितिबाट पारित हुन बाँकी रहेको विधानलाई अनुमोदन गर्ने बताइएको छ। विधानमा केन्द्रीय सदस्यहरु महाधिवेशनमा प्रतिनिधि बन्दा बुथबाटै निर्वाचित हुनुपर्ने जिल्ला सभापतिहरुले प्रस्ताव गरेका छन्।
केन्द्रीय कार्यसमितिले अनुमोदन गर्ने प्रतिबद्धता पार्टी सभापति देउवाले जनाएपछि महासमिति बैठक सकिएको थियो। साथै, आरक्षण प्रावधानलाई एक पटक मात्रै लागू गर्न जिल्ला सभापतिहरुले प्रस्ताव गरेका थिए।
देउवा निवासमा बसेको बैठकले कार्यकाल सकिएको नेविसंघको कार्यकाल बढाउने वा तदर्थ समितिमा जाने विषयमा पनि धारणा बनाउने बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।