एजेन्सी– न्युजिल्यान्ड विरुद्धको पहिलो एकदिवसीय खेलमा भारतले सानदार जित हात पारेको छ। बुधबार भएको खेलमा भातरले न्युजिल्यान्डलाई डिएल मेथडको आधारमा ८ विकेटले रहाएको हो।
४९ ओभरमा १ सय ५६ रनको लक्ष्य पाएको भारतले ८५ बल खेल्न बाँकी छदा २ विकेटको क्षतिमा पार गर्यो। भारतको जितमा शिखर धवनले नटआउट ७५ रन जोडे। उनले १ सय ३ बलमा ६ चौका हिर्काए। अर्को ओपनर रोहित शर्मा ११ रनमा आउट हुँदा कप्तान विराट कोलहीले ४५ रन जोडे। अम्बाती रायदु १३ रनमा अविजित रहे।
त्यसअघि पहिले ब्याटिङ गरेको ३८ ओभरमा १ सय ५७ रनमा अलआउट भएको थियो। न्युजिल्यान्डका लागि कप्तान केन विलियमसनले ६४ रन जोडे। अन्य ब्याट्सम्यान सस्तैमा आउट भए।
बलिङमा भारतका कुलदिप यादवले ४ विकेट लिए। मोहमद सामीले ३ विकेट हात पार्दा युजभेन्द्र चाहले २ र केदार जादवले १ विकेट लिन सफल भए।६ ओभरमा २ मेडन राखेर १९ रन खर्चिएका सामी म्यान अफ दि म्याच भए।
जितसँगै ५ खेलको सिरिजमा भारतले १–० को अग्रता लिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।