काठमाडौं– प्रतिनिधिसभामा पुगेको चिकित्सा शिक्षा विधेयकका सम्बन्धमा स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादव प्रतिपक्षको विचारसँग नजिक देखिएका छन्।
डा गोविन्द केसीको १६औं अनसनपछि यस विषयमा बल्ल मुख खोलेका उनले भने, 'सरकारले गरेको सहमति इमानदारीसाथ कार्यान्वयन हुनुपर्छ।'
शिक्षा मन्त्रालयले बनाएको कानुनले गुणस्तरहीन डाक्टर र स्वास्थ्यकर्मी उत्पादन गरिरहेका तर त्यसको अपजस स्वास्थ्य मन्त्रालयले बेहोर्नुपरेको भन्दै उनी डा केसीका मागसँग सहमत देखिएका छन्।
स्वास्थ्य मन्त्रालयमा आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा आफ्ना धारणा राख्दै उनले डा केसीको आन्दोलन जायज रहेको भन्दै उनलाई सहयोग गर्ने संकेत गरे। उनले सरकारको नेतृत्व गरिरहेको नेकपाका गतिविधिप्रति असन्तुष्टि दर्शाउँदै भने, 'म पनि आन्दोलनबाट आएको मान्छे। के थाहा, भोलि फेरि आन्दोलनमै जानुपर्ने हो कि?'
उनले गुणस्तरीय डाक्टर तथा स्वास्थ्य जनशक्ति उत्पादनका लागि सरकारले कुनै सम्झौता गर्न नहुने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।