काठमाडौं- नेपाल विद्यार्थी संघले अनसनरत डा गोविन्द केसीको पक्षमा र बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको न्याय माग गर्दै प्रदर्शन गर्ने भएको छ।
संघले आझ दिउँसो १ बजे माइतीघरबाट विरोध प्रर्दशन गर्ने जनाएको छ। १६औं पटकको अनसनमा रहेका केसीले उठाएका माग बमोजिम चिकित्सा शिक्षा विधेयक पारित गर्नुपर्ने संघको जोड छ।
मंगलबार संसदमा चिकित्सा विधेयक पेस गर्ने क्रममा पनि संसदबाहिर संघले विरोध प्रर्दशन गरेको थियो।
माइतीघरबाट सुरु हुने विरोध प्रदर्शन बानेश्वर पुगेर कोणसभामा परिणत हुने संघका महामन्त्री कुन्दनराज काफ्लेले जानकारी गराए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।