हुम्ला (रासस)- हुम्लामा पहिलो पटक स्किङ (चिप्लेटी) खेलिएकाे छ। स्थानीयवासीले बाह्य पर्यटकसँगको सहकार्यमा चिप्लेटी सञ्चालन गरेका हुन्।
हुम्ला सांस्कृतिक तथा पर्यटन प्रवर्द्धन युवा सञ्जाल तथा ‘स्किङ स्नोबोडिङ फाउन्डेसन नेपाल’को सहकार्यमा चिप्लेटी सञ्चालन गरिएको सञ्जालका अध्यक्ष अविनाश लामाले बताए। 'हिउँमा चिप्लेटी खेल्ने सामग्री एक हप्ता अगाडि नै ल्याएका हौँ, हामी हिमपातको पर्खाइमा थियौँ', उनले भने।
जिल्लामा मङ्सिरदेखि नै हिमपात हुने भएकाले चिप्लेटी खेललाई निरन्तरता दिनसके आन्तरिकसँगै बाह्य पर्यटक भित्र्याउन सकिने लामा बताउँछन्।
अन्य देशमा स्किङ प्रतिस्ठित खेलकाे रुपमा विकास भएकाे छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।