काठमाडौं– सर्वोच्च अदालतको मुख्य रजिष्ट्रार पदमा न्यायपरिषद सचिव नृपध्वज निरौला र न्यायपरिषद सचिवमा सह रजिष्ट्रार देवेन्द्रराज ढकाल बढुवा भएका छन्।
न्याय सेवा आयाेगकाे मंगलबारको बैठकले उनीहरुलाई बढुवा गरेकाे हाे।
सर्वाेच्चका मुख्य रजिष्ट्रार राजन भट्टराई उच्च अदालतकाे न्यायाधीशमा सिफारिस भएपछि उक्त पद रिक्त भएकाे थियाे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।