काठमाडौं– नेपालमा आयोजना हुने पाँचौं संस्करणको महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको तयारीका लागि नेपाली टिमले भारत भ्रमण गर्ने भएको छ।
नेपालले आगामी माघ २४ देखि फागुन ५ सम्म भारतको भुवनेश्वरमा हुने प्रतियोगितामा सहभागी हुँदै साफको तयारी गर्ने भएको हो। प्रतियोगितामा आयोजक भारतसहित म्यानमार, श्रीलंका र नेपालले प्रतिस्पर्धा गर्ने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ।
साफ च्याम्पियनसिप आगामी फागुन २८ देखि चैत ८ गतेसम्म विराटनगरस्थित सहिद रङ्गशालामा हुने तय भइसकेको छ।
साफमा नेपाल समूह 'ए' मा छ। नेपालले उद्घाटन खेल फागुन २८ मा भुटानसँग खेल्नेछ। दोस्रो खेलमा २९ गते पाकिस्तान र चैत १ गते बङ्गलादेशसँग खेल्नेछ। समूह ‘बी’मा भारत, माल्दिभ्स र श्रीलङ्का रहेका छन्।
साफ च्याम्पियनसिपका लागि नेपाली महिला टोलीले तयारी गरिरहेको छछ। प्रतियोगिता आउन तीन महीना बाँकी छँदै एन्फाले महिला टोलीको तयारी अघि बढाएको थियो। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा ३३ खेलाडी प्रशिक्षणमा छन्।
दक्षिण एशियाली महिला फुटबलको राम्रो टोली नेपालले अहिलेसम्म भारतको वर्चस्व तोड्न सकेको छैन। सबै संस्करणको उपाधि भारतले जितेको छ। नेपाल अहिलेसम्म फाइनलमा भारतसँग पराजित हुँदै आएको छ।
यसअघि उक्त प्रतियोगिता श्रीलङ्काले आयोजना गर्ने निर्णय भएकोमा श्रीङ्कमा पछिल्लो समय देखिएको राजनीतिक अस्थिरताका कारण प्रतियोगिता गर्न नसक्ने जनाएपछि दक्षिण एशियाली फुटबल महासङ्घ (साफ)ले
निर्धारित समयभन्दा एक महिनापछि सारेर नेपाललाई आयोजनाको जिम्मा दिएको हो। घरेलु मैदानमा च्याम्पियन बन्ने लक्ष्यका राखेको नेपाली महिला टोली खड्काको प्रशिक्षण तथा निरु थापाको कप्तानीमा रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।