एजेन्सी– भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) का मुख्य तीन अवार्ड जित्न सफल भएका छन्।
कोहलीले आइसिसी क्रिकेटर अफ दि इयर, आइसिसी टेस्ट प्लेयर अफ दि इयर र आइसिसी एकदिवसीय प्लेयर अफ दि अवार्ड जित्दै मुख्य अवार्ड क्लिनस्विप गरेका हुन्। उनी तीन वटै अवार्ड एकै पटक जित्ने पहिलो खेलाडी समेत बने।
उनी आइसिसी टेस्ट टिम र एकदिवसीय टिमको कप्तान समेत चुनिएका थिए।
उनले गत वर्ष टेस्टमा १३ सय २२ रन प्रहार गरेका थिए। गत वर्ष १३ टेस्ट खेलेका उनले ५ शतक प्रहार गरेका थिए। यस्तै गत वर्ष १४ एकदिवसीय खेल्दै कोहलीले १२ सय २ रन प्रहार गर्नुका साथै ६ शतक प्रहार गरेका थिए। टी–२० मा १० खेल खेलेका उनले २ सय ११ रन जोडेका थिए।
अस्ट्रेलियाका ओपनर आरोन फिन्चलाई आइसिसी टी–२० पर्फमर अफ दि इयरको अवार्ड प्रदान गरिएको छ।
यस्तै भारतीय विकेटकिपर रिशव पन्त आइसिसी इमर्जिङ प्लेयर घोषित हुँदा स्कटल्यान्डका कोलम म्याकलियोर्डलाई एसोसिएट प्लेयरको अवार्ड प्रदान गरियो।
न्युजिल्यान्डका केन विलियमसनलाई स्पिरिट अफ क्रिकेट अवार्ड तथा श्रीलंकाका कुमार धर्मसेनालाई आइसिसी अम्पायर अफ दि इयरको अवार्ड दिइयो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।