एजेन्सी– 'इटालियन सिरि ए' लिडर युभेन्ट्सले अग्रता बढाउदै लगेको छ। युभेन्ट्सले सोमबार राति भएको खेलमा चिभोमाथि ३–० को जित निकालेको हो।
युभेन्ट्सका लागि डोउलास कोस्टाले १३, इ कानले ४५ र डी रुगानीले खेलको ८४ मिनेटमा गोल गरेका थिए।
यद्यपी खेलको ५२ मिनेटमा युभेन्ट्सका स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले प्राप्त पेनाल्टी मिस गरेका थिए। उनले चिभोका गोलकिपर सोरेन्टिनोले बिफल पारिदिएका थिए।
जितसँगै युभेन्ट्सले दोस्रो स्थानको नापोलीसँग ९ अंकको अग्रता लिएको छ। शीर्ष स्थानको युभेन्ट्सको २० खेलबाट ५६ अंक छ। दोस्रो स्थानको नापोलीको ४७ अंक छ भने तेस्रो स्थानको इन्टर मिलानको ४० अंक छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।