काठमाडौं– तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेटको टिम धनगढीको नाम र व्यवस्थापन परिवर्तन भएको छ। अघिल्लो सिजनको विजेता टिम चौराहा धनगढीको नाम परिवर्तन हुँदै धनगढी स्टार्स राखिएको छ।
व्यवस्थपान पनि कृष्ण बोहरा लगायतले पाएका छन्। राजधानीमा सोमबार आयोजित पत्रकार सम्मेलनमा स्टार्सले बोहराले आफ्नो टिममा धनगढीका व्यवसायी रहेको बताए।
प्रशिक्षकमा मनोज कटुवाल नियुक्त भएका छन्। कटुवाल नेपाल पुलिस क्लबको क्रिकेट टिमका प्रशिक्षक समेत हुन्। टिमका कप्तान सोमपाल कामी छन्। उनले प्रतियोगिताको १० दिनअघि बन्द प्रशिक्षण सुरु गर्ने बताए। साथै विदेशी खेलाडी ल्याउनका लागि प्रक्रिया अघि बढाएको पनि उनले जानकारी दिए।
धनगढीलाई ग्लोबल कलेज अफ म्यानेजमेन्टले मुख्य प्रायोजन गरेको छ। सोमबार भएको कार्यक्रममा ग्लोबल कलेजसँग प्रायोजन सम्झौतामा हस्ताक्षर भएको हो।
सम्झौतापत्रमा कलेजका प्रमुख कार्यकारी खगेन्द्र ओझा र क्लबका प्रमुख कृष्ण बोहोराले सम्झौतापत्रमा हस्ताक्षर गरे। सम्झौताअनुसार कलेजले स्टार्सलाई एक वर्षका लागि रु २० लाख नगद उपलब्ध गराउनेछ।
यस्तै कार्यक्रममा प्रतियोगितामा खेल्ने टोलीको जर्सीसमेत सार्वजनिक गरियो। प्रतियोगितामा धनगढीका खेलाडीले ग्लोबल कलेज अङ्कित जर्सी लगाउनेछन् ।
डिपिएल आगामी माघ २६ देखि फागुन ११ गतेसम्म धनगढीमा आयोजना हुँदैछ । देशकै सर्वाधिक पुरस्कार राशिको डिपिएलमा धनगढी स्टार्स, सिवाइसी अत्तरिया, रुपन्देही च्यालेञ्जर्स, महेन्द्रगर युनाइटेड, काठमाडौँ गोल्डेन र विराटनगर किङ्ग्सले प्रतिस्पर्धा गर्नेछन् ।
टी–२० आधारमा सञ्चालन हुने प्रतियोगितामा १९ खेल हुनेछ । लिग चरणमा प्रत्येक टोलीले एक अर्को टोलीसँग प्रतिस्पर्धा गर्नेछ । शीर्ष चार टोली प्ले अफमा छनोट हुनेछ । पहिलो र दोस्रो हुने टिमको विजेता फाइनल पुग्नेछ । त्यसमा पराजित हुने टोलीले तेस्रो र चौथो हुने टोलीसँगको विजेतासँग फाइनल प्रवेशको लागि खेल्नेछ । सोमपाल कामीको कप्तानीमा रहेको स्टार्समा सौरभ खनाल, अमित श्रेष्ठ, हरिबहादुर चौहान, विपिन खत्री, दीपेश श्रेष्ठ, राजु रिजाल, रविन क्षेत्री, पवन सर्राफ, सन्दीप रजाली, धीरज शाहीलगायत खेलाडी रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।