काठमाडाै - शनिबार नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा प्रवेश गरेका चितवन कांग्रेसका संस्थापक नेता तीर्थ भुसाललाई पुनः कांग्रेस पार्टीमा फर्कन आफ्नै परिवारका सदस्यले आग्रह गरेका छन्।
कांग्रेसले पार्टीमा भुसाललाई उच्च मुल्यांकन गर्दै विभिन्न अवसर दिएको भन्दै तथ्यहरु विर्सिएर पारिवारिक सर सल्लाह विना लहडमा पार्टी परिवर्तन गरेको परिवारका सदस्यहरुले जनाएका छन्। भुसालको पार्टी परिवर्तनले जीवनभर निष्ठा र इमानको राजनीतिक पहिचान बनाएको परिवारजनलाई विस्वास पुगेको परिवारका सदस्यहरुको ठहर छ। परिवारलाई जानकारी नै नदिई नेकपा प्रवेश गरेपछि श्रीमती सहित भुसालका १२ परिवार सदस्यले विज्ञप्ती निकाली उनलाई कांग्रेस फर्कन आग्रह गरेका हुन्।
पूर्व सांसद समेत रहेका भुसाल शनिबार नेकपामा प्रवेश गरेका थिए । पार्टी कार्यालय धुम्वाराहीमा आयोजित कार्यक्रममा अध्यक्षद्धय केपी शर्मा ओली र प्रचण्डले उनलाई नेकपामा भित्रयाएका थिए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।