काठमाडाैं- पार्टी कारबाहीमा परेका पूर्व सहमहामन्त्री गोविन्दराज जोशीले तनहुँमा समानान्तर कार्यसमिति गठन गर्ने तयारी गरेपछि जिल्लामा विवाद तीव्र भएको छ।
पार्टी विवाद मिलाउन भन्दै आइतबार सभापति शेरबहादुर देउवासहित महामन्त्री डा शंशाक कोइराला, नेताहरु गोपालमान श्रेष्ठ र डा रामशरण महत दमौली पुगेका थिए।
जोशीले उनी नजिकका कार्यकर्तालाई पौडेल पक्षले प्रतिशोध राखेको भन्दै असन्तुष्टि जनाएका छन्। पौडेल र जोशी पक्षमा विवाद बढ्दै गएपछि जोशीले मंगलबार विशेष अधिवेशन डाकेका छन्।
शीर्ष तहका नेताहरु दमौली पुगे पनि पौडेल स्वयम् भने आइतबार तनहुँ पुगेका थिएनन्।
नेपाली कांग्रेसले गत पुस २५ मा नेता जोशीलाई ५ वर्षका लागि पार्टीबाटै निष्काशन गरेको थियो। गत निर्वाचनमा जोशीले वरिष्ठ नेता पौडेलका विरुद्धमा बागी उम्मेदवारी दिएकाे भन्दै साे कारबाही गरिएकाे हाे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।