काठमाडौँ । नेपलाली कांग्रेसले प्रतिनिधसभाको बैठक अवरुद्ध गरेको छ। नेताहरु गिरिजाप्रसाद कोइराला र शुशिल कोइरालको नाममा रहेको अस्पताल सरकारले खारेज गर्न लागेको भन्दै त्यो नसच्याए सम्म संसदको कारबाही अघि बढ्न नसक्ने भन्दै संसद अबरोध गरेको हो। अवराेधपछि बैठक १५मिनेटका लागि स्थगित गरिएकाे छ।
कांग्रेस संसदीय दलका उपनेता बिजयकुमार गच्छेदारले जीपी कोइराला राष्ट्रिय स्वासप्रश्वास उपचार केन्द्र, तनहुँ र शुशिल कोइराला प्रखर क्यान्सर अस्पताल, बाँकेलाई संघीय ससकारले जिम्मा नलिई प्रदेश सरकार मातहत राख्ने निर्णय गरेको भन्दै बैठककाे सूरुमै आपत्ति जनाएका थिए।
त्यस्तै उनले अनसनरत डा. गोविन्द केसी भोक हड्तालमा रहेको भन्दै केसीसँग यसअघि भएका सहमति लागू गर्न माग सरकार समक्ष गरेका थिए। तत्कालीन शेरबहादुर देउवा सरकारले जारी गरेको चिकित्सा शिक्षा सम्बन्धी अध्यादेशअनुसार विधेयक ल्याउनुपर्ने उनले माग गरे।
डा. केसीको जीवन रक्षाको माग गर्दै उनले यी दुई निर्णय सकारले नसच्याए संसदका कामकारबाही अघि नबढ्ने घोषणा गरेपछि सभामुख कृष्णबहादुर महराले बैठक १५ मिनेटका लागि स्थगित गरिएकाे घाेषणा गरेका हुन्।
आजकाे बैठकमा सरकारले चिकित्सा शिक्षा विधेयक पेश गर्ने कार्यसूची थियाे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।