काठमाडाैं- प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले राष्ट्रियसभा अवरुद्ध गरेपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद रामनारायण विडारीले कुन नियमअन्तर्गत बैठक अवरुद्ध भएको भन्दै प्रश्न गरेका छन्।
विडारीले 'संसदको कुन नियमअन्तर्गत कोही बस्ने कोही उठ्ने भएको हाे?' भन्दै जवाफ माग गरे। उनले भने, ‘कुन नियमअन्तर्गत कति सांसद उठेपछि संसद नचल्ने हो? यो प्रकारको अन्योलको परिस्थिति रहनु भएन नी, अध्यक्षज्यू?', उनले थपे, ‘यसप्रकारको थितिले न देश अघि बढ्छ, न संसदीय व्यवस्था अघि बढ्छ।’
उनले 'कुन नियमअन्तर्गत विपक्ष उठेको छ र सत्तापक्ष चुप लागेर बसेको हाे?' भन्दै जवाफ माग गरे।
प्रतिपक्ष दलका सांसदले बैठकमा आफ्नाे स्थानमा उठेर अवरुद्ध गरेपछि सुनसान बैठकको बीचमै उठेर उनले अध्यक्षलाई प्रश्न राखेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।