एजेन्सी– इटालियन क्लब लाजियोका डिफेन्डर फ्रान्सेस्को अकेर्बीको लगातार खेल खेल्दै रेकर्ड बनाउने आशा तुहिएको छ।
'इटालियन सिरि ए' मा जाभियर जानेटीले लगातार १ सय ६२ खेलसम्म लगातार खेल खेल्दै रेकर्ड बनाएका थिए। सो रेकर्ड तोड्ने अभियानमा रहेका फ्रान्सेस्कोले नापोलीविरुद्धको खेलमा रातो कार्ड पाएसँगै रेकर्ड बनाउने आशा सकिएको हो। खेलमा लाजियोलाई नापोलीले २–१ गोलले हरायो।
३० वर्षीय फ्रान्सेस्कोलाई खेलको ७० मिनेटमा रेफ्रीले दोस्रो पहेँलो कार्ड देखाएपछि उनी रेड कार्डको सिकार भएका हन्। उनले नापोलीका जोसे कलेजोनमाथि फाउल गरेका थिए। अब उनले लिग लिडर युभेन्ट्स विरुद्धको खेल गुमाउनेछन्।
उनले यसअघि लिगका १ सय ४८ खेलसम्म पूरा समय मैदानमा बिताएका थिए। उनी १८ अक्टबर २०१५ देखि लाजियोको हरेक खेलमा मैदान उत्रिएका थिए।
यसअघि पूर्वमिडफिल्डर जानेटीले १९९५ र २०१४ को सम्म इन्टर मिलानबाट खेलेका थिए। त्यसदौरान उनले १ सय ६२ खेलसम्म लगातार खेलेर रेकर्ड बनाएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।