म्यानचेस्टर– इंग्लिस प्रिमियर लिगको सिजनमा म्यानचेस्टर सिटीले सय गोल पूरा गरेको छ। सिटीले आइतबार राति हडर्सफिल्ड टाउनविरुद्ध ३–० को जित निकाल्दै सिजनमा सय गोल पूरा गरेको हो।
सिटीको जितमा डानिलोले १८, रहिम स्टर्लिङले ५४ र लिरोए सानले ५६ मिनेटमा गोल गरेका थिए।
लिगको अर्को खेलमा टोटनह्यामले फुलह्यामलाई २–१ गोलले पराजित गरेको छ। टोटनह्यामका लागि डेल अलीले ५१ र विंक्सले दोस्रो हाफको इन्जुरी टाइममा गोल गरेका थिए। त्यसअघि टोटनह्यामका लोरान्टेले आफ्नै पोस्टमा गोल गर्दा फुलह्यामले अग्रता बनाएको थियो।
लिगमा शीर्ष स्थानको लिभरपुलको २३ खेलबाट ६० अंक छ। दोस्रो स्थानको सिटीले ४ अंकले पछि पर्दै ५६ अंक जोडेको छ। टोटनह्याम ५१ अंक जोडेर तेस्रो र चेल्सी ४७ अंक जोडेर चौथो स्थानमा छन्। पाँचौ स्थानको आर्सनल र छैटौं स्थानको म्यानचेस्टर युनाइटेडको ४४–४४ अंक छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।