काठमाडौं– संवैधानिक परिषद्ले पाँच संवैधानिक आयोगका अध्यक्ष लागि नाम सिफारिस गरेको छ।
परिषद्ले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको अध्यक्षमा बालानन्द पौडेल, राष्ट्रिय समावेशी आयोगका लागि शान्तराज सुवेदी र मधेशी आयोगका लागि डा विजयकुमार दत्तको नाम सिफारिस गरेको हो।
यसैगरी परिषद्ले थारु आयोगमा विष्णुप्रसाद चौधरी र मुस्लिम आयोगमा समिम अन्सारीलाई अध्यक्ष पदका लागि सिफारिस गरेको हो। सिफारिस भएका व्यक्तिलाई अब राष्ट्रपति विद्यादेवि भन्डारी पद तथा गोपनियताको सपथ गराउने छिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।