काठमाडौं– नेपाली राष्ट्रिय टिमका युवा बलर सन्दीप लामिछाने बङ्गलादेश प्रिमियर लिग (बिपिएल) बीचमै छाडेर सोमबार नेपाल फर्कन भएका छन्।
नेपाली राष्ट्रिय क्रिकेट टिमका व्यवस्थापक रमन सिवाकोटीका अनुसार सन्दीप सोमबार मध्यान्ह स्वदेश फर्कन लागेका हुन्।
सन्दीप युएईविरुद्धको एकदिवसीय र टी–२० सिरिज खेल्नका लागि स्वदेश फर्कन लागेका हुन्। आइतबार घोषणा भएको राष्ट्रिय टिममा रहेका सम्मिलित सन्दीपसहिको नेपाली टिम मंगलबार साँझ युएई प्रस्थान गर्नेछ।
सन्दीप यसअघि पुस तेस्रो साता बङ्गलादेश पुगेका थिए। अष्ट्रेलियामा जारी ‘बिग बास लिग’ का केहि खेल खेलेर सन्दीप उतैबाटै बङ्गलादेश प्रस्थान गरेका थिए।
सन्दीपले बंगलादेश प्रिमियर लिगमा सिल्हेट सिक्सरबाट ६ खेल खेलेका थिए। १ खेलमा भने उनी टिममा परेका थिएनन्। सन्दीपले ६ खेलमा ४ विकेट लिन सफल भएका थिए।
त्यसअघि बिग बासमा मेलबर्न खेलेका सन्दीपले लगातार चार खेल खेल्दै आठ विकेट लिएका थिए।
युएईपछि सन्दीप बिपिएल खेल्न फेरि बंगलादेश जाने कार्यक्रम छ। त्यसपछि उनी अन्तिम सत्रको बिग बास लिग खेल खेल्न अस्ट्रेलिया पुग्नेछन्।
बिग बास लिगपछि सन्दीपले पाकिस्तान सुपर लिग र इन्डियन प्रिमियर लिग खेल्नेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।