काठमाडौं– संयुक्त अरब इमिरेट्स (युएई)सँग एक दिवसीय र टी २० सिरिज खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टिम घोषणा गरिएको छ।
आइतबार पारस खड्काको कप्तानीमा १६ सदस्यीय नेपाली टिम घोषणा गरिएको हो। आइसिसी प्रतिनिधि अनिमुल इस्लाम, राष्ट्रिय टिमका प्रशिक्षक जगत टमाटा र कप्तान पारस खड्काको छनोट समितिले राष्ट्रिय टिम घोषणा गरेको हो।
टिममा चार जना युवा खेलाडीले पहिलोपटक स्थान पाएका छन्। चारै जना यू–१९ राष्ट्रिय टिमका खेलाडी हुन्। जसमा ब्याट्सम्यानद्वय भीम सार्की र सन्दीप जोरा छन्। सार्कीले पोखरा प्रिमियर लिगमा उत्कृष्ट खेलेका थिए। यस्तो जोरा एभरेस्ट प्रिमियर लिगमा चलेका थिए।
यता अलराउन्डर पवर सर्राफले पनि राष्ट्रिय टिममा स्थान पाएका छन्। साराफले एभरेस्ट प्रिमियर लिगमा ललितपुर प्याट्रिओट्सलाई च्याम्पियन बनाउने क्रममा उत्कृष्ट खेलेका थिए।
मिडियम पेसर अभिनास बोहरा पनि पहिलोपटक राष्ट्रिय टिममा अटाएका छन्। उनले पनि एभरेस्ट प्रिमियर लिगमा ललितपुरबाट खेलेका थिए।
मध्यक्रमका अनुवभी ब्याट्सम्यान शरद भेषवाकार भने बिरामी भएका कारण राष्ट्रिय टिममा पर्न सकेनन्। उनलाई शारीरिक कमजोरी र भिटामिट 'डी' को कमी भएको छ। जसका कारण उनलाई चार साता आराम गर्नुपर्ने भएको छ।
तीव्र गतिका बलर ललितसिंह भण्डारी वैकल्पिकमा झरेका छन्।
नेपाली टिम मंगलबार साँझ युएई प्रस्थान गर्ने कार्यक्रम छ।
नेपाल टिम
पारस खड्का (कप्तान), बसन्त रेग्मी, भीम सार्की, अविनाश बोहरा, विनोद भण्डारी, दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, करण केसी, ललितनारायण राजवंशी, आरिफ शेख, पवन सर्राफ, प्रदीप ऐरी, रोहितकुमार पौडेल, सन्दीप लामिछाने, सोमपाल कामी, सन्दीप जोरा
वैकल्पिक– विक्रम सोब, सुशन भारी, ललित भण्डारी
सिरिजको खेल तालिका
पहिलो एकदिवसीय – माघ ११
दोस्रो एकदिवसीय – माघ १२
तेस्रो एकदिवसीय – माघ १४
पहिलो टी–२० – माघ १७
दोस्रो टी–२० – माघ १८
तेस्रो टी–२० – माघ २०
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।