म्याड्रिड– स्पेनिस ला लिगामा रियल म्याड्रिड तेस्रो स्थानमा उक्लिएको छ। रियल शनिबार राति भएको खेलमा सेभिल्लालाई २–० गोलले हराउँदै तेस्रो स्थानमा पुगेको हो।
पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको रियलले दुवै अन्तिम १२ मिने बाँकी छदा गरेको थियो। ७८ मिनेटमा कासेमिरोले गोल गरेर रियललाई अग्रता दिलाए। इन्जुरी टाइमको दोस्रो मिनेटमा लुका मोड्रिकले रियलका लागि दोस्रो गोल गरेका थिए।
लिगको अर्को खेलमा एट्लेटिको म्याड्रिडले हुइस्काले ३–० गोलले पराजित गरेको छ।
लिगको शीर्ष स्थानको बार्सिलोनाले १९ खेलबाट ४३ अंक जोडेको छ। दोस्रो स्थानको एट्लटिकोको २० खेलबाट ४१ छ। तेस्रो स्थानका उक्लिएको रियलले ३६ अंक जोडेको छ। चौथो स्थानमा झरेको सेभिल्लको ३३ अंक छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।