लिभरपुल– इंग्लिस प्रिमियर लिग लिडर लिभरपुलले रोमा ञ्चक जित हात पारेको छ। लिगअन्तर्गत शनिबार राति भएको खेलमा लिभरपुलले क्रिस्टल प्यालेसमाथि ४–३ को जित हात पारेको हो।
खेलको ३४ मिनेटमा टाउनसेन्डले गोल गरेर प्यालेसलाई अग्रता दिलाए। ४६ मिनेटमा मोहमद सलाहले बराबरी गोल फर्काए। ५३ मिनेटमा रोबर्टो फिर्मिनोले गोल गरेर लिभरपुललाई अग्रता दिलाए। तर ६५ मिनेटमा टमकिन्सले बराबरी गोल फर्काउन सफल भए।
७५ मिनेटमा सलाहले टिमका लागि तेस्रो र व्यक्तिगत दोस्रो गोल गर्दा लिभरपुल ३–२ अघिले रह्यो। योसँगै सलाहले प्रिमियर लिगमा ५० गोल पूरा गरे। खेल सकिन एक मिनेट बाँकी छदा जेम्स मिल्लार दोस्रो पहेँलो कार्ड पाउदै मैदान छाड्न बाध्य भएपछि लिभरपुल १० खेलाडीमा सीमित बन्यो।
दोस्रो हाफको इन्जुरी टाइममा लिभरपुका लागि साडियो मानेले चौथो गोल गरे। प्यालेसका मेयरले इन्जुरी टाइममा टिमका लागि तेस्रो गोल गरेपनि खेलमा फर्कन ढिला भइसकेको थियो।
लिगको अन्य खेलमा म्यानचेस्टर युनाइटेडले ब्रिङ्टनलाई २–१ र आर्सनलले चेल्सीलाई २–० गोलले हराएका छन्। आर्सनलका लागि लाकजेटीले १४ र क्लोइसेनीले ३९ मिनेटमा गोल गरेका थिए।
लिगको शीर्ष स्थानको लिभरपुलको २३ खेलबाट ६० अंक छ। दोस्रो स्थानको म्यानचेस्टर सिटीको २२ खेलबाट ५३, तेस्रो स्थानको टोटनह्यामको २२ खेलबाट ४८ अंक छ। २३ खेलबाट ४७ अंक जोड्दै चेल्सी चौथो स्थानमा छ। पाँचौ स्थानको आर्सनल र छैटौं स्थानको म्याचेस्टर युनाइटेडको ४४–४४ अंक छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।