काठमाडाैं- नेपाली कांग्रेस चितवनका पूर्व सभापति तीर्थ भुसाल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन्।
नेकपा केन्द्रीय कार्यालय, धुम्बाराहीमा एक कार्यक्रमकाबीच नेता भुसाललाई पार्टी अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल 'प्रचण्ड'ले पार्टी प्रवेश गराएका हुन्।
भुसाल २०५१ सालको निर्वाचनमा चितवनबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए। उनी चितवन कांग्रेसका संस्थापक नेतासमेत हुन्।
नेता भुसाल माडी नगरपालिका निवासी हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।