• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, माघ २१, २०८२ Wed, Feb 4, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

अलैंचीले बजार पाउन छाडेपछि हजारौँको नोक्सान, मारमा किसान

64x64
नेपाल लाइभ बिहीबार, माघ ३, २०७५  १५:४०
1140x725

ताप्लेजुङ– अलैंचीको मूल्य बढेर प्रतिमन १ लाख २० हजार रुपैयाँमा कारोबार हुन थालेपछि ताप्लेजुङको सिरिजंघा गाउँपालिका–७ खेवाङका कृषक रनबहादुर सार्की हौसिए। 

झण्डै सात लाख रुपैयाँ लगानी थपेर उनले अलैंची खेती विस्तार पनि गरे। साहुबाट महङ्गो ब्याजदरमा ऋण लिएका सार्कीले ६ लाख रुपैयाँ जति त सिँचाइ पाइप खरिद मै खर्चिए। बाँकी रकमले बिरुवा किनेर धान उत्पादन हुने खेतमा अलैंची लगाए तर, सोचे जस्तो भएन। 

सधैं २५ मुरी भन्दा बढी धान फल्ने खेतमा अलैंची रोपेपछि उनी चामल खरिद गर्न थाले। अलैंची फल्छ, अनि बेचेरै साहुको ऋण तिरौँला भनेर दिनरात खटेका सार्कीलाई त्यही अलैंची खेतीले बसाइँ हिँडायो।

अहिले उनी नुवाकोटमा गएर गुजारा चलाउँदै आएका छन्। 'न अलैंची राम्रो फल्यो, न त मूल्य नै राम्रो भयो, दिनानुदिन ऋण माथि ऋण थपिँदै गएपछि विकल्प खोज्न परिवारसहित नुवाकोटमा गएर काम गरिरहेको छु,' सार्कीले भने। 

उनले थपे, 'उसबेला साहुबाट लिएको ऋणको साँवा र ब्याज हिसाब गर्दा झण्डै १५ लाख पुगेछ। यसपाली बल्लतल्ल डेढ मन अलैंची फलेछ। अहिलेको भाउअनुसार ५० हजार पनि आउँदैन। के ले ऋण तिर्ने ? होस उडिसक्यो।' 

त्यही ठाउँका राजकुमार भट्टराईलाई खेत मासेर अलैंची खेती गरे यता दिनरात पिरलो छ। वर्षभर पुग्ने अन्नपात उब्जने खेतमा राम्रो आम्दानी हुने सपना देखेर अलैंची रोपे तर, भाउ नहुँदा र उत्पादनसमेत नहुँदा उनलाई पिरलो भएको हो।

'झण्डै तीन लाख रुपैयाँ ऋण गरेर सिँचाइको व्यवस्था गरेँ, अलैंची राम्रो फलेन, भाउ पनि फेदैमा पुग्यो, अलैंची खेती निल्नु न ओकल्नु भयो,' भट्टराई भन्छन्। भाउ बढेकै बेला किसान यसको खेतीमा आकर्षित हुन थालेपछि फुङलिङ नगरपालिका बस्दै आएका भिङ्मारे लिम्बुमा बिरुवा बेचेरै आम्दानी गर्ने सोच पलायो र अलैंची नर्सरी गर्न थाले। 

पछिल्लो समयमा गरेको लगानी त्यसै खेर जाने भएपछि उनमा पनि चिन्ता थपियो। यी त सीमित क्षेत्रका किसानका मात्रै कथा हुन्। जिल्लाभरकै अलैंची किसानको कथाव्यथा उस्तै उस्तै छ। केही वर्षअघि प्रतिमन १ लाख २० हजार रुपैयाँसम्म मूल्य आउँदा हौसिएर अलैंची खेतीमा लगानी गरेका किसानको काँधमा ऋणको पोको झुण्डिन पुगेको छ।

Ncell 2
Ncell 2

वर्षभर खान पुग्ने अन्नपात उब्जाउ हुने खेतबारी अलैंची र जङ्गलले ढाकिएका छन्। खेतबारी नै मासेर बसेका किसानका घरमा झापादेखिका व्यापारीले धान लगेर बेच्न थालेका छन्। कुनै समय तिनै किसान आफैंले उत्पादन गरेको धान बेचेरै गुजारा चलाउँथे।

एक्कासि मूल्य बढेर क्रमशः ओरालो लागेपछि आफूहरु मारमा परेको कृषकहरु बताउँछन्। प्रतिमन एक लाख २० हजार रुपैयाँको हिसाब गरेर लगानी गरेका उनीहरुमाथि समस्याको पहाड आइलागेको छ। 

व्यापारीलाई पनि चिन्ता 

अलैंचीको मूल्यमा हुने उतारचढावले किसान मात्रै हैन अलैंची व्यापारी समेत हैरान छन्। छोटो छोटो अवधिमा मूल्यमा आउने उतारचढावले उनीहरू समस्यामा परेका हुन्। मूल्य स्थिर नहुँदा खरिद बिक्री गर्न नै समस्या हुने गरेको अलैंची व्यापारी वुद्ध दाहालले बताए। 'किसानबाट एउटा मूल्यमा लिएको अलैंची कहिले घाटामा कहिले नाफामा बेच्नु पर्छ, प्रायः नाफा भन्दा घाटा धेरै हुन्छ,' दाहाल भन्छन्।

अलैंचीको मूल्य बढ्दा किसानलाई दिएको ऋण उठाउनै पर्ने बाध्यताले पनि घाटा सहेर कारोबार गर्नुपरेको व्यापारीहरू बताउँछन्। अलैंची कै कारोबारले टाट पल्टिएर व्यवसायबाटै पलायन हुनेदेखि ठूला सहरमा घर बनाउनेसम्मका व्यापारी छन्। मूल्यमा आउने उतारचढावले किसानलाई मानसिक समस्यामा पारेको छ भने व्यापारीलाई आर्थिक रुपमै डुबाउने र उकास्ने गरेको छ।

ठूला व्यापारी सिधै भारतका व्यापारीसँग कारोबार गर्छन् भने साना व्यापारी बिर्तामोडका व्यापारीसँग। भारत, बिर्तामोड जता लगे पनि नेपाली अलैंचीको बजार भारत मात्रै हो। साना ठूला दुवै व्यापारी भारतीय व्यापारीकै भर हुन्छन्। अलैंची व्यवसायी महासंघ ताप्लेजुङका अध्यक्ष बालमणि बरालले भने, 'भारतीय व्यापारीले जे भन्यो त्यही ठिक हुन्छ। आज एउटा मूल्य भन्या छ, अर्को दिन तुरुन्तै फेरिन्छ। उनीहरुसम्म अलैंची पुर्याएर कारोबार गर्न सहज छैन।' 

भारतकै मात्र भर पर्नुपर्ने भएकाले पनि नेपालका अलैंची व्यवसायीलाई यसको कारोबारमा समस्या हुने गरेको छ। 
यता, पछिल्लो समयमा ताप्लेजुङमा अलैंचीको कारोबार घटेको व्यवसायीहरू बताउँछन्। केही दिन यता कारोबार प्रायः ठप्प बनेको अध्यक्ष बरालले बताए। उनले भने, 'बिर्तामोडका साहुले लिँदैनन्। सबै व्यापारीको गोदाम अलैंचीले भरिएको छ। हामीले किसानसँग हाताहाती कारोबार गर्नुपर्छ।

किसानबाट लिँदालिँदै भएको पैसा सकियो। के ले कारोबार गर्ने?' उनका अनुसार भारततर्फ निकासी कमै भइरहेकाले नेपालको अलैंची गोदाम मै थन्किरहेको हो। निकासीमा समस्या भएको व्यापारीहरूको भनाइ छ। कतिपय व्यापारीले भने पछिल्लो समयमा मूल्य निरन्तर ओरालो लागिरहेकाले घाटामा पर्ने डरले किन्नै छाडेका छन्। पछिल्लो तीन साता यता मूल्य निरन्तर घटिरहेको छ। मंसिरमा प्रतिमन २९ हजारमा कारोबार भएको अलैंचीको मूल्य अहिले आएर २६–२७ हजार रुपैयाँमा झरेको छ। 

नेपाल बाहेक अन्य मुलुकहरूमासमेत अलैंची उत्पादन हुन थालेपछि नेपाली अलैंचीको अन्तर्राष्ट्रिय बजार खुम्चिएको बताइन्छ। यो वर्ष अलैंची किन्न भारतका व्यापारी पनि कमै आएका छन्। 

सरकारसँग गुनासो 

नेपालको अर्थतन्त्रमा ठूलो योगदान रहेको अलैंचीको बजारीकरणमा राज्यले पर्याप्त चासो नदिएको व्यवासायीहरू बताउँछन्। अध्यक्ष बालमणि बरालले भने, 'अलैंचीको नेपालको अर्थतन्त्रमा ठूलै हिस्सा रहे पनि यसको बजारीकरणमा भने राज्यले आँखा चिम्लिदिएको छ,' उनले थपे, 'भारत बाहेकका तेस्रो मुलुकसम्म नेपाली व्यापारीको पहुँच छैन। भारतका व्यापारीले जे मूल्य तोक्छन् त्यही अनुसार नेपालमा मूल्य निर्धारण हुने गरेको छ।' 

राज्यले अलैंची खेती प्रवर्द्धनका लागि स्पष्ट नीति नबनाइदिएकाले समस्या भएको उनको ठम्याइ छ। सरकारले अन्तर्राष्ट्रिय स्तरसम्म अलैंचीको बजारीकरण गरिदिन सहयोग गर्नुपर्नेमा व्यवसायीको जोड छ। 

अलैंची खेतीको प्रर्वद्धनका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रबाट ठूलै लगानी हुने गरेको तर बजारीकरणमा भने गम्भीर नभएको व्यवसायीको गुनासो छ। भारत बाहेकका तेस्रो मुलुकमासमेत अलैंचीको कारोबार हुने वातावरण मिलाउन सके भारतका व्यापारीको मनोमानीबाट मुक्ति मिल्ने विश्वास व्यवसायीको छ।

किसानले गरेको लगानी र व्यवसायीले मोलेको खतरालाई राज्यले गम्भीर रुपमा नलिएकामा उनीहरुको दुःखेसो छ। 

पहाडी भेगबाट झापाको बिर्तामोड हुँदै भारतीय बजारसम्म अलैंची पुर्याइन्छ। नेपालमा उत्पादित ९० प्रतिशत अलैंची भारत निर्यात हुने गरेको छ। मसला बनाउन प्रयोग गरिने अलैंचीको खास बजार भने खाडी मुलुक हो। भारतको नयाँ दिल्ली हुँदै दुबई, साउदी अरब, कतार, बहराइन जस्ता खाडी मुलुकमा पठाइन्छ। केही परिमाण पाकिस्तान पनि जान्छ। नेपालमा यसको बजार छैन। 

नेपाली व्यापारीहरू तेस्रो मुलुकमा निर्यात गर्ने सामर्थ्य राख्दैनन्। नेपालमै प्रशोधनको कुनै उपाय पनि खोजिएको छैन। आफ्नै देशमा प्रशोधन नहुँदा यो उपज सस्तोमा बेच्नुपर्ने बाध्यता छ। रासस
 

प्रकाशित मिति: बिहीबार, माघ ३, २०७५  १५:४०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
प्रधानमन्त्री कार्कीसँग श्रीलंकाली नवनियुक्त राजदूतको शिष्टाचार भेट
कांग्रेस मुख्य सचिव पौडेलको राजीनामा स्वीकृत, दुलाल कार्यवाहक नियुक्त
गृहमन्त्री अर्याल र यूएनओडिसी दक्षिण एसिया क्षेत्रीय प्रतिनिधिबीच शिष्टाचार भेट
सम्बन्धित सामग्री
आज तमु ल्होसार पर्व मनाइँदै, सार्वजनिक बिदा ल्हो को अर्थ ‘वर्ष’ र ‘सार’को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । मंगलबार, पुस १५, २०८२
आज क्रिसमस डे मनाइँदै, देशभर सार्वजनिक बिदा आजभन्दा दुई हजार २५ वर्षअघि डिसेम्बर २५ तारिखका दिन येशु ख्रीष्टको जन्म इजरायलको वेथलेहेममा भएको थियो । पवित्र आत्माबाट गर्भवती भई क... बिहीबार, पुस १०, २०८२
जुम्लामा ‘ठूली भैली’ शुरु कर्णालीमा पुस महिनामा सबैले सबै काम सकाएर बसिरहेको वेला सबै मिलेर रमाइलो गर्दै हिउँदको महिनामा ठूली भैलो खेल्ने चलन छ। औँसीदेखि पञ्च... सोमबार, पुस ७, २०८२
ताजा समाचारसबै
प्रधानमन्त्री कार्कीसँग श्रीलंकाली नवनियुक्त राजदूतको शिष्टाचार भेट बुधबार, माघ २१, २०८२
कांग्रेस मुख्य सचिव पौडेलको राजीनामा स्वीकृत, दुलाल कार्यवाहक नियुक्त बुधबार, माघ २१, २०८२
गृहमन्त्री अर्याल र यूएनओडिसी दक्षिण एसिया क्षेत्रीय प्रतिनिधिबीच शिष्टाचार भेट बुधबार, माघ २१, २०८२
१० न्यायाधीशको सरुवा, २० न्यायाधीशको पदस्थापन (सूचीसहित) बुधबार, माघ २१, २०८२
राष्ट्रिय महिला क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक बुधबार, माघ २१, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
दीपेन्द्र र आरिफको अर्धशतकमा यूएईविरुद्ध सात विकेटको जित मंगलबार, माघ २०, २०८२
निर्वाचन सुरक्षाका लागि भोलिदेखि सेना परिचालन हुँदै, कहाँ कति? मंगलबार, माघ २०, २०८२
निगमले सार्वजनिक गर्‍यो नेपाल ग्यासको वितरण तालिका बुधबार, माघ २१, २०८२
४२ जेनजी सहिद परिवारलाई उपसचिवसरह 'मासिक २१ हजार ८०० रुपैयाँ पेन्सन बुधबार, माघ २१, २०८२
३७ सयले बढ्यो सुनको मूल्य मंगलबार, माघ २०, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
इरानका सात सहरमा विस्फोट, पाँचको मृत्यु, १४ जना घाइते आइतबार, माघ १८, २०८२
१८ हजार ८०० सयले घट्यो सुन आइतबार, माघ १८, २०८२
दीपेन्द्र र आरिफको अर्धशतकमा यूएईविरुद्ध सात विकेटको जित मंगलबार, माघ २०, २०८२
बालेनको घरको गेट फुटाइयो शनिबार, माघ १७, २०८२
गोली हानेर नियन्त्रणमा लिइएका लुटेरा सार्वजनिक बिहीबार, माघ १५, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्